कथा

ऋषि-कृषि के हो

लक्ष्मण घिमिरे "आनन्दयोगी" आनन्दयोग दर्शन खैरहनी ४ चैनपुर चितवन

ऋषि-कृषि के हो
                                      ऋषि-कृषि के हो?


अथर्ववेदमा भनिएको छ “माता भूमिः पुत्रोहम् पृथ्वी” अर्थात् भूमि हामी सबैको जननी हो र त्यो माताको पूजा गर्ने नाम कृषि  हो। अनि माताले प्रसन्‍न भई विभिन्न प्रकारका
भोजन र पेय पदार्थ प्रदान गर्नुहुन्छ। माता र पुत्रको सम्बन्ध वेदमा प्रसिद्ध छ र यसलाई ऋषि-कृषि भनिन्छ। ऋषिकृषि को सिधाान्त अनुसार गरिने परम्परागत खेतीमा माटोको स्वास्थ्य र उत्पादनको गुणस्तर पनि कायम रहन्छ । ऋषि कृषिमा सिम्बायोटिक सम्बन्धहरू जैविक विविधता, बाली व्यवस्थापन, कच्चा पदार्थको दिगो प्रयोग (कच्चा पदार्थको मानक मूल्य) प्रवर्द्धन गरिन्छ। कृषि को सार्थकता तब मात्र सम्भव छ जब खेतवारि मा छरिएको अन्नबालिलाई उन्नत जैबिक  मल र सिंचाइ को उचित ब्याबस्थापन हुनसक्छ।  यसरी खाद्यसुरक्षायुक्त फसल उत्पादन गर्नाले हाम्रो  स्वस्थ र दीर्घजीबी  बन्नेछ। अहिले रासायनिक मलका कारण धेरै मात्रामा अन्न उत्पादन हुने गरेको छ । तर तत्वविहीन भएकाले मानव शरीरका लागि अत्यन्तै हानिकारक साबित भएकोछ जस्का कारण  क्यान्सरजस्तो खतरनाक रोगहरू उत्पन्न भइरहेको छ । यस्ले कुपोषणलाई प्रोत्साहन गर्दछ। समयसँगै किसानहरू ऋषिकृषि बाट टाढा  हुँदै गए र वैदिक ज्ञान बिर्सिए। अन्तर्राष्ट्रिय हिन्दू विश्वविद्यालय (फ्लोरिडा-अमेरिका) र मानव स्वास्थ्य सर्कल भारतले  ऋषि-कृषि संस्कृतिलाई लागू गरेको पाइएकोछ। नेपाल मा पनि आनन्दयोग दर्शन ले ऋषिकृषी को डिजाइन गरि निकट भबिष्य मा किसान बिच यो कार्यक्रम लाने योजना बनएको छ।यस्का लागि बिशेष प्रकार को तालिम को ब्यबस्था गरि अत्यन्तै प्रभावकारी ढङ्गबाट कार्यक्रम संचालन गर्ने र यस्का तालिम को ब्याबस्था गर्न जरुरी छ। 

img
लेखकको बारेमा

Bodha Online

प्रतिक्रिया

इमेल ठेगाना गोप्य राखिनेछ । * चिन्हले अनिवार्य राख्नुपर्ने विवरण जनाउछ ।