विचार

लक्ष्यको राजमार्गमा बनेका पर्खालहरुलाई कसरी भत्काउने

लक्ष्यको राजमार्गमा बनेका पर्खालहरुलाई कसरी भत्काउने

लक्ष्यको राजमार्गमा बनेका  पर्खालहरुलाई कसरी भत्काउने
जीवन भोगाईको मोडमा मोडिने क्रममा आत्मविश्वासको अभावमा हामीहरु यति कमजोर बन्न पुग्छौं कि आफूभन्दा कमजोर मानिएका व्यक्तिको उत्कृष्ट क्षमता प्रदर्शन भइरहँदा पनि हाम्रो प्रगतिभने अधोगति तिर लागिरहेको हुन्छ । हामी डिग्रीको पछि लाग्छौं । तर, हाम्रो क्षमताले ओरालो यात्राको सुरुवात गरिरहेको हुन्छ ।
यो अवस्थाको निदानको लागि कुनैपनि चिकित्सकले दिने औषधि फिक्का बन्न पुग्छ । त्यतिबेला चाहिन्छ एउटा कुशल उत्प्रेरणामूलक बिचार को जन्म । त्यो  उत्प्रेरणमूलक बिचार हो  आनन्दयोग दर्शन।
व्यक्तिको सफलताको लागि सबैभन्दा ठूलो कुरा उसको आत्मविश्वास हो । आत्मविश्वासको लागि उत्प्रेरणाको खाँचो छ र उत्प्रेरणाको लागि एउटा कुशल सर्जक अर्थात यो बदलिँदो परिस्थिति को लागि युग सुहाउँदो पथ प्रदर्शक बनेर आएको छ आनन्दयोग दर्शन । यहि आनन्दयोग दर्शन बाटो बिराएका हरु आफू भित्र को "म" ब्रम्ह तत्व लाई पहिचान गर्न  नसकेर दिग्भ्रमित भएकाहरु लाई  आफू को हो ? भन्ने ज्ञान दिलाउनको लागि आनन्दयोग दर्शन को जन्म भएको छ।


 
आनन्दयोग साधना को प्रबेस पछि के हुन्छ?

आनन्दयोग साधना एउटा यस्तो कार्यक्रम हो । जहाँ आफूभित्र रहेको कुनैपनि क्षमतालाई बाहिर देखाएर 'म को हुँ ?' भन्नेबारे जानकारी पाउन सक्ने बनाइन्छ । यो एक किसिमको ध्यान  साधना  हो यो ९० दिन को कोर्स हुन्छ।
अरुसँगको तुलना गर्ने बानीले हामीहरुभित्र रहेको ज्ञानलाई आफ्नै नजरमा कमजोर बनाइदिन्छ । हामी आफूसँग जे छ त्यो देख्दैनौं, आफूसँग जे छैन त्यसलाई खोजेर सधैं चिन्तित हुने गर्छाैं । तर, आनन्दयोग ध्यान साधना ले अरुसँग के छ त्यो होइन । आफूसँग के छ त्यसको खोजी गर्न सिकाउने एउटा बिज्ञान सम्मत अत्यन्तै महत्त्वपूर्ण ध्यान विधि हो।
यो आनन्दयोग ध्यान  माध्यमबाट मानिसको मानवीय क्षमताको बृद्धि गर्ने एउटा कार्यक्रम हो । यो एक किसिमको व्यवहारिक ध्यान साधना हो । जुन व्यापारी, उद्योगी, राजनीति गर्ने राजनीतिज्ञहरु, सांसद, प्रहरी अधिकारीहरु, सैनिक अधिकारीहरु गुप्तचर निकायका कर्मचारीहरुदेखि विद्यार्थीसम्मको लागि उपयुक्त रहेकोछ ।

मानिसको लक्ष्यका ५ बाधक विषयहरु

जो कोहीले पनि आफ्नो जीवनमा एउटा लक्ष्य लिएको हुन्छ । तर, केही बाधक कुराहरु हुन्छन् जसले आफ्नो लक्ष्यको राजमार्गमा अवरोधका पर्खालहरु सिर्जना गरिदिएको हुन्छ । आनन्दयोग्दर्शन ले पत्ता लगाएको ५ बाधक तत्वलाई ब्याख्या गर्दै  'धेरैको लक्ष्यमा आफ्नै आत्मविश्वास बाधक बनिरहेको हुन्छ । त्यो आत्मविश्वास कमजोर गराउने मुख्यगरी ५ तत्वहरु हुन्छन् ।
 कसैको लक्ष्यको पूर्तिमा सबैभन्दा पहिलो बाधक विषय हो उसमा पैदा हुने नकारात्मक भावना । यस्तो भावना आफ्नै कारणले उत्पन्न हुने स्वभाविक प्रक्रिया हो । आत्माग्लानी, ईश्र्या, कसैबाट पाएको धोका, ग्लानी भाव, परिवारका सदस्यहरु गुमाउँदाको पीडा आदि नकारात्मक भावनाका परिसूचकहरु हुन् । यसलाई सम्यक रुपले व्यवस्थापन गर्न सकिएन भने यसले मानिसको मानसिकतालाई नै कमजोर बनाउँदै लैजान्छ ।
त्यस्तै, दोस्रो बाधक तत्व हो नकारात्मक सोचाई । नकारात्मक सोचाई अन्तर्गत् सोचाई नै उल्टो राख्ने, केही काम गर्नुपर्दा सानो समस्यामा पनि पछि हट्ने, अरुप्रति नकारात्मक बिचार राख्ने समस्याहरु पनि आउँछन् । यस बाहेक आफ्नो विश्वासलाई सीमित गराउनु, आन्तरिक द्वन्द्वलाई नियन्त्रण नगर्नु र खराब आचरणलाई मनमा पालेर राख्नु नै मानिसको लक्ष्य पूरा नहुने प्रमुख कारणहरु हुन् ।
आफ्नो विश्वासलाई सीमित गराउनुको अर्थ आफ्नो लक्ष्यप्रति बाधा सिर्जना गराउनु हो । आफैंले आफैंलाई कमजोर सम्झने, कुनै कुरालाई म किन सक्दिन भन्ने भन्दा पनि म कसरी गर्न सक्छु र ? भन्ने सोचाई राख्नु नै धेरै मानिसको कमजोरी हो । आन्तरिक द्वन्द्वले आफ्नो एउटा भविष्यको रुपरेखालाई नै कमजोर बनाइदिन्छ । यो पेशा रोजौं कि अर्काे पेशा रोजौं ? यही ठाउँमा बसौं कि अर्कै ठाउँमा जाउँ ? यो भन्दा अर्काे काम राम्रो हुन्थ्यो कि ? भन्ने सोचाई राख्नु पनि आन्तरिक द्वन्द्वको नमुना हो ।मानिसले लिने लक्ष्य सूर्यको तेज किरण हो । त्यसैलाई ५ वटा बादलले घेरेर राखेको हुन्छ । यही बादलबाट मुक्त गराउने कार्य नै आनन्दयोग ध्यान साधना हो । जीवनलाई कसरी तार्किक स्तरमा ढाल्ने भन्ने प्रश्नको उत्तर नै यसैमा छ।समाधन को मुल जड नै आनन्दयोग ध्यान साधना हो।

के के विषयमा प्रशिक्षण गराइन्छ आनन्दयोग ध्यान साधना का लागि? 

 यसमा मुख्य पाँच चरण मा ध्यान विधि सिकाइन्छ र पहिलो दोस्रो र तेस्रो हुँदै चरणबद्द तरिका ले सुरु मा ४५ दिन  सम्न दिन दुई पटक त्यसपछी एक पटक सुद्द सात्विक भोजन प्राकृतिक जीबनशैली अपनाउदै यो अभ्यास गरिन्छ।
मूलतः यो प्रशिक्षणको मुख्य उद्देश्यलाई यसरी व्याख्या गर्न सक्छौं
उत्तम वक्ता बनाउने प्रशिक्षण

यो प्रशिक्षणबाट हामी एउटा उत्तम वक्ता बन्न सक्छौं । यसले हाम्रो सञ्चार कला र अभिव्यक्तिको कलालाई सुधार गर्न मद्दत गर्छ । अरूलाई प्रभाव पार्ने र आफ्नो अभिव्यक्तिलाई उच्चस्तरीय रुपमा विकास गराउने काम यसले गर्छ ।

व्यवसायिक क्षेत्रमा स्तरोन्नती

आनन्दयोग ध्यान साधना   कोर्स मार्फत् तपाईं हरुले आफ्नो बोली र हाउभाउ मार्फत् अरुलाई प्रभावित बनाउने, आफ्नो सामानको बिक्री बढाउने, नेतृत्व क्षमताको विकास र व्यवस्थापन क्षमता बढाउन मद्दत गर्छ । यो व्यवसायको लागि प्रशिक्षण प्रबन्धकहरू, बिक्री व्यक्तिहरू, विभिन्न क्षेत्रका पेशेवरहरू, मानव संसाधनहरू, भर्तीकर्ताहरू, र व्यवसायिक घरानाका प्रशिक्षकहरूको लागि यो उत्तम प्रशिक्षण हुनसक्ने आयोजकको दाबी छ ।

आत्मक्षमताको विकासका लागि

आफ्नो  आत्म विकास,ब्यक्तित्व बिकास  र सशक्तिकरणको इच्छा राखी केही गर्न चाहान्छु भन्ने संकल्प गर्न चाहनुहुन्छ भने आउनुहोस यस कार्यक्रम मा सहभागी हुनुहोस ।
img
लेखकको बारेमा

Bodha Online

प्रतिक्रिया

इमेल ठेगाना गोप्य राखिनेछ । * चिन्हले अनिवार्य राख्नुपर्ने विवरण जनाउछ ।