एक आदर्श खाना मानिने दूधमा लगभग सबै पोषक तत्व पाइन्छ । तर नेपाली उपभोक्ताले पिउने दूध स्वास्थ्यका लागि कति स्वस्थ्यकर एकपटक समिक्षा गर्नुपर्ने बेला आएको छ। सर्वेक्षण अनुसार; नेपालमा करिब ६८.७ प्रतिशत दूध र दुग्धजन्य पदार्थ मिसावटयुक्त छन्। नेपाल मा आज सम्म A1 र A2 दूध को बहस ,छलफल र अन्तर्कृया हुन सकेको छैन दूध अनि सेतो तरल पेय पदार्थ बस यतिमा मात्र सिमित छ नेपाल को दुग्ध क्षेत्रमा लामो समय देखि योगदान दिदै DDC ले अहिले सम्म यस्ता खाले बहस हरु चलाएको सुन्न मा आएको छैन।
A1 र A2 दूध बीच के भिन्नता छ:

A1 र A2 milk गाईवस्तुका दुई आनुवंशिक रूपमा पृथक नस्लको उत्पादन हो। दूधको प्रोटिनको मुख्य भाग बिटाक्यासिन हो। यो दुबै प्रकारको गाईको दूधमा उपलब्ध हुन्छ। 3.5% कैसिन प्रोटीन। कुल दूध प्रोटीन बीच; बिटा-केसिन लगभग ३०% हुन्छ। बीटा-केसिनको संरचना बीचको भिन्नताले A1 र A2 दूधलाई फरक पार्छ। A2 दूधमा पाइने Beta-casein को प्रकार आदिम प्रकृतिको हो अर्थात् पहिलेका गाईहरूमा पनि उस्तै प्रकारको Beta-casein पाइन्छ; जुन लगभग १०००० वर्ष पहिले देखि पाल्दै आएको प्राचीन गाइहरु मा अहिले उस्तै प्रकार को मानव स्वस्थ्य को लागि लाभदायक A2 Beta casin ptotein भेटिन्छ। तर पछिल्लो समय मा पश्चिमा मुलुक गैर-हिन्दु भएका देश हरु ले उच्च बैज्ञानिक पद्धति द्वारा गाई को जिनेटिक गुण लाई अपभ्रंश गरि humpless (जुरोरहित) गाई हरु सृजना गरे जुन मासु को प्रयोजन को लागि गरिएको थियो। यो अप्राकृतिक ढङ्ग बाट उत्पन्न गरिएका आधुनिक गाई हरु लाई संसारभर व्यापक रुपमा फैलाउने काम गरियो ब्यापारिक हिसाब ले यी गाई बाट उत्पादन हुने दूध A1 Beta casin prolien protein जस्मा Betacosmophorin-7 मौजुद हुन्छ जुन मानव स्वास्थ्य का लागि अत्यन्तै हानिकारक छ।
विकासको कारण;
A1 बिटा-केसिन प्रोटिनको संरचनामा केही परिवर्तनहरू भएका छन्। A1 दूध को स्रोत holistin,frizitian(HF), Ayrshire यी अंग्रेजी प्रकारका जुरोरहित गाई का जातहरूहुन; यसको विपरीत A2 दूध हाम्रो स्वदेशी स्थानिय नस्लबाट आउँछ यस्को वैदिक मान्यता पनि छ।
जब हामी दूध उपभोग गर्छौं; A1 गाई को भित्री अङ्ग हरु को सार तत्व हार्मोनिक अणु आएर हाम्रो शरीर भित्र एक अणु -सङ्ग रिएक्टिभ हुन्छ जस्लाइ बायोएक्टिभ पेप्टाइड मा बिघटन हुन्छ (एक मोर्फिन कम्पाउन्ड जस्तै) जुन सामान्यतया मानव स्वास्थ्य को लागी राम्रो मानिदैन। A2 दूधको खपतले पनि समान बायोएक्टिभ पेप्टाइड त उत्पादन गर्छ तर यो मानव शरीर को हर्मोन सङ्ग मिल्दोजुल्दो हुन्छ किनकी यस्मा जेनिटिक कृया अपभ्रस नगरिएको हुदा यस्ले स्वस्थ्यकर हुन्छ। A1 बिटा केसिन यो हानिकारक बायोएक्टिभ पेप्टाइड मधुमेह, हृदय रोग, शिशु मृत्युदर, पाचन समस्या को कारण मानिन्छ।
नेपाल को परिदृश्यमा समस्या:
नेपाल मा यस्ता प्राचीन स्थानीय जुरोभएका गाई हरु लोपोन्मुख अबस्था मा छ्न अहिले त शून्य को अबस्था मा आएको छ।त्यसैले शुद्ध प्राकृतिक दूध त कल्पना पनि गर्न नसकिने अबस्था छ। यहि भबिष्य मा आउने सक्ने बिकराल परिस्थिति लाई मध्येनजर गर्दै मैले भारत बाट गिर गाई मगाएर A2 दूध उत्पादन कार्य शुभारम्भ गर्ने प्रयत्न गरेको छु यो कार्य म मात्र एक्लै ले सम्भव छैन आम किसान दाजुभाइ ले साथ दिनुहुनेछ भन्ने आशा राखेको छु।अहिले अधिकतम स्वदेशी गाईमा पनि हाइब्रिड जीन भएकाले A1 दूधको अनुपात बढी उत्पादन भइरहेको छ।बिश्व बजार मा फैलिएको अपरेसन मिल्क फ्लड ले नेपाल मा पनि ठूलो असर पार्यो जस्का कारण लाखौ को संख्या मा आयातित जुरोरहित गाइहरु बाट उत्पादित A1 milk जताततै यत्रतत्र सर्बत्र फैलिदै गयो त्यो सङ्ग सङ्गै नयाँ नयाँ रोग ले पनि जरा गाडदै गयो यस्बाट निश्चित ब्यक्ती वा समूह लाई त लाभ मिल्यो होला तर ९०% मानिस हरु रोगी भए मेडिकल माफिया हरुलाइ ठूलो सहयोग पुग्यो।वर्तमान परिदृश्यमा, हामी गम्भीर समस्याको सामना गरिरहेका छौं जहाँ हाम्रा देसी आदिवासी गाईहरू लोप हुने कगारमा छन् जसले विगत धेरै वर्षदेखि हाम्रो लागि पौष्टिक, सुरक्षित A2 दूध उत्पादन गर्न भनेर लागिपरेको छु।
निष्कर्ष:
नेपाल सरकार ले अब सोच्नु पर्ने बेला आएको छ।अब दूध A2 बिटा केसिन नै चलाउनु पर्छ ।किसान ले हम्पेड प्रजाती का गाइपालन मा जोड दिनुपर्छ। पशुलाई A2 ब्रीडिङ्ग गराउनु पर्छ। यस्को लागि एउटा कार्यक्रम चलाउनु पर्छ। साथै; पशुपालन विभागले पशु र मानव दुवैको कल्याण र कल्याण प्रवर्द्धन गर्न समय-समयमा प्रत्येक गाउँमा सचेतना कार्यक्रमहरू आयोजना गर्नुपर्छ।
प्रतिक्रिया