मनोरन्जन

२०८० मा मिडियाले गुमाएको कलाकारहरु

२०८० मा मिडियाले गुमाएको कलाकारहरु

२०८० मा मिडियाले गुमाएको कलाकारहरु

खेमराज गुरुङः


आफनो सुमधुर स्वरले सबैलाइ आनन्दित तुल्याउले अत्यन्त लोकप्रिय र चर्चित गायक हुन् खेमराज गुरुङ।२०३१ सालमा सङ्खुवासभामा जन्म लिनुभएका खेमराज गरुङ भन्ने बित्तिक्कै सबैको मानसपटलमा त्यहि गीत आउछ त्यो हो वारी जमुना पारी जमुना जमुनाको फेदैमा मनकामना यो गीत उहाले २०५७ सालमा निकाल्नुभएको थियो।उहाले आफनो जीवनकालमा जम्मा ८ वटा एल्बम निकाल्नुभएको थियो।उहाको चर्चित गीतहरु जीवन भाग१, जीवन भाग २ ,अनमोल, धरान पोखरा, आलु तामा, खोली बगर ,बेहाल भयो जीन्दगी आदी रहेको छ।उहाको मृत्युको कारण जन्डिस रोगले ग्रसित हुनु हो त्यसमाथि पनि अत्याधिक मदिरा सेवन उहाको मृत्युको कारण बन्न पुग्यो।जन्डिसले ग्रसित खेमराजलाइ मदिरा सेवन गर्न बन्देज लगाइएको थियो तर त्यो सबै चिजको बेवास्ता गरेर धेरै मदिरा पिएकाले उहाले २०७३ सालमा ४२ वर्षको उमेरमा यो सन्सार छोड्नु पर्यो।

मञ्जु महतः


लोक दोहोरी क्षेत्रमा अतयाधिक चर्चा कमाउन सफल मञ्जु महत २०४८ सालमा जन्मिएकि हुन्।उनी सानैदैखि गीत गाउने गर्दथिन्।छोटो समयमा नै निकै चर्चा कमाएकि मञ्जु महतको जीवनमा अचानक पूर्णविराम लाग्यो।उनी सडक दुर्घट्नामा परीन्। आफ्नो बच्चालाइ चकलेट किनीदिन्छु भनेर गीत रेकर्ड गर्न स्टुडियो हिडेकि मञ्जु ठमेलमा बिपरीत दीशाबाट आएको माइक्रोमा ठोक्किन पुगीन्।दुर्घटना पश्चात उनलाइ ग्रान्डि अस्पतालमा भर्ना गरीयो।उपचारकै क्रममा उनको मृत्यु भयो।यसरी उनी २०७१ सालमा २३ वर्षको कलिलो उमेरमा नै यो सन्सारबाट नै बिदा भइन्।

सुर्य कुमार क्षेत्रीः


कलिलो उमरमा नै आफ्नो ज्यान गुमाउने अर्का कलाकार हुन् सुर्य कुमार क्षेत्री।धोका दिनेलाइ के भनौ र खोइ तिमी हास भो मै बसौला रोइ भन्ने गीतले अझ उनको प्रस्ट परीचय दिन्छ।२०४० सालमा स्याङ्झामा जन्मेका सुर्य पेसाले एक साहसी पत्रकार सङगीतकार गीतकार एवम् गायक रहे।उनका चर्चित गीतहरु के भनौर खोइ, लालुपाते, ‌औठी चिनो छ, उडि जाने रेल आदी हुन्।उनको मृत्युको कारण भने ब्ररेन ट्युमर बन्यो उनले जोखिम मोलेर ब्रेन ट्युमरको शल्यक्रिया गरि तर उनलाइ जति कोसिस गर्दा पनि बचाउन सकिएन।अन्त्यमा उनले ३३ वर्षको उमेरमा यो सन्सारबाट बिदा लिनु पर्यो।

जयनन्द लामाः


कलकते काइयो केश मेरो बाङ्गो टेबुलमा ऐना छ भन्ने गीतबाट प्रख्यात जयनन्द लामा २०१३ सालमा  सिन्धुपालचोकमा जन्मिनुभएको थियो।उहाले करिब ५ दशक कलाकारिता क्षेत्रमा बिताउनुभयो ललितकला क्यामपसबाट सङगीतमा स्नातक गर्नुभएको उहाले नृत्यबाट कलाकारीतामा प्रवेश गर्नुभएको थियो।पेशाले उहा लोक गायक सङगीतकार नृत्यकार चलचित्र निर्देशक चलचित्र अभिनेता र हास्य कलाकार पनि रहे।उहाको चर्चित गीतहरु चुइ चुइ चुइकने जुत्ता, हेर्दैमा राम्रो, कलकत्ते काइयो, मुलाको चाना रहेको छ।उहाको मृत्यु २०७८ सालमा आफनै घर अगाडी गाडिबाट ओर्लदा गाडिको ब्रेकमा अल्झेर लडेर भएको हो।

नीरा छन्त्यालः


नेपालको कहालीलाग्दो विमान दुर्घटनामा परी ज्यान गुमाउने लोक दोहोरी गायिका हुन् नीरा छन्त्याल।२०५१ सालमा बाग्लुङमा जन्म लिएकि नीराले छोटो समयमा नै लोकदोहोरीको क्षत्रमा सफलता पाइरहेकि थीइन्।विशेष गरी लाइभ दोहोरिको क्षेत्रमा उनी निकै चर्चामा थिइन्।तर साङ्गीतिक क्षेत्रमा उनले धेरै समय बिताउन भने पाइनन्।उनको सपना थियो राजु परीयारसङ्ग गीत रेकर्ड गर्ने उनको यो सपना चर्चित गीत बुकिबाट पुरा भयो।त्यसै गरी उनी साङ्गीतिक प्रस्तुती दिन २०७९ सालमा काठमाण्डौबाट पोखरा जाने क्रममा यति एयरलाइन्सको विमान दुर्घटनामा परि उनी लगायत ७२ जानाको ज्यान गयो।यसरी नीरा छन्त्यालको मृत्यु २९ वर्षको कलिलो उमेरमा भयो।

भीम पौडेलः


२०४१ सालमा स्याङझामा जन्मेका भीम पौडेल एक होनहार गायक थिए।उनी छोटो समयमा नै सबैको मन मुटुमा बस्न सफल भएका थिए।दोहोरी साझबाट साङगीतिक क्षेत्रमा छिरेका भीम पौडेलले गाएका थुप्रै गीतले मिलीयन भ्युज पाएको थियो ।५ वर्ष अगाडि देखि नै साङगीतिक क्षेत्रमा हानिएका भीम पौडेलले टीका सानु, स्वर्गिय नीरा छन्त्याल, जेरी, तारा थापा, आशा बिसि सङ्ग गाएका गीतहरु चर्चित छन्।उनी शरीरमा रगतको कमि हुने रोग रक्तअल्पता बाट ग्रसित हुन पुगे उनी शारीरिक र मानसिक रुपमै कमजोर बन्दै गए र यसै रोगका कारण २०७९ सालमा उनको मृत्यु भयो।

दिलमाया सुनारः


लोकदोहोरीमा प्रसस्त सम्भावना बोकेकि दिलमायाले पनि अल्पआयुमा नै आफ्नो ज्यान गुमाइन्।सुर्खेत जिल्लामा जन्मेकि दिलमाया लाइभ लोकदोहोरीमा जम्दै थिइन्।१४ वर्षकै उमेरमा विवाह गरेकि दिलमायाको जीवनमा धेरै उत्तारचढावहरु आएका थिए।उनले श्रीमानसङ्ग सम्बन्ध बिच्छेद गरीन् त्यसपछि एक्लै काठमाण्डौमा सङघर्ष गरीन्।उनी आर्थिक अभावका कारण पटक पटक वैदेशिक रोजगारको लागी विदेश पनि गइन्।असफल प्रेम र आर्थिक अभावका कारणले उनले पटक पटक आत्मा हत्याको प्रयास गरीन् र अन्त्यमा उनले २०७९ सालमा आफ्नै डेरामा आत्माहत्या गरीन्।

रत्न बानियाः


नेपालको अराजक राजनिति त्यसमाथि पनि कलाकारहरु प्रति सरकारको नजरअन्दाज कलाकारहरुको हकहितका लागी राज्य निकम्मा बन्दा रत्न बानियाले आफ्नो ज्यान गुमाउनु पर्यो।उनी एक चर्चित गायक तथा सङगीतकार थिए।उनका चर्चित गीतहरु लडाइको लाहुरे चित्त नदुखाउ पानमा सुपारी आदी खोलामा बिन्ती छ निस्टुरी आदी रहेका छन्।अहिलेका चर्चित गायक गायिकाहरुको गुरु रहेका रत्न बानियाको ५५ वर्षको उमेरमा दुवै मृगौला फेल भयो उनी आर्थिक अभावबाट ग्रसित भए धेरै जनासङ्ग सहयोगको लागी अपिल गरे जतिले सहयोग गरे त्यहि सहयोगमा केहि समय बाचे अन्त्यमा उनी रोगसङ्ग लड्दा लड्दै २ वर्ष अगाडि उनको मृत्यु भयो।

img
लेखकको बारेमा

Bodha Online

प्रतिक्रिया

इमेल ठेगाना गोप्य राखिनेछ । * चिन्हले अनिवार्य राख्नुपर्ने विवरण जनाउछ ।