मनोरन्जन
२०२३ मा सार्वजनिक भएका १० उत्कृष्ठ लोक दोहोरी गीतहरु
२०२३ मा सार्वजनिक भएका १० उत्कृष्ठ लोक दोहोरी गीतहरु
- Bodha Online
- 11 months ago
- 0 Comments

झुमाः
लोक दोहोरी गीत झुमा १२ जुन २०२३ मा सार्बजनिक गरीएको गीत हो। जसमा नेपालको पश्चिम तिरको रिति रिवाज र संस्कृतिलाइ झल्काइएको छ। बसन्त विश्वकर्माको सब्दमा रहेको यस गीतमा गायक बसन्त बिश्वकर्माकै र
शान्तिश्री परीयारको स्वर रहेको छ भने बसन्त बिश्वकर्मा ,सनिसा भट्टराइ र जुना
बिश्वकर्माले अभिनय गरेका छन्।कृष्ण बिकले संगीत संयोजन गरेका यस गीतमा हालसम्म २३७१८५३ भ्युज आएको छ।
मोहनीः
चर्चित लोकदोहोरी गीत मोहनी २०२३ २९ मे मा
सार्वजनिक गरीएको गीत हो।नेत्र अर्यालद्वारा शब्द रचना गरीएको यस गीतमा गायक खेम
सेन्चुरी र गायिका शान्तीश्री परीयारको
स्वर रहेको छ।आफ्नो देशको संस्कृति झल्काइएको यस गीतमा खेम सेन्चुरी र क्रीस्मा पुन मगरको अभिनय रहेको छ। ७२ लाख १ हजार
८ सय ९८ भ्युज आएको छ।
सुन ओइ पोखरेली मायाः
चर्चित लोक दोहोरी गीत सुन
ओइ पोखरेली माया ७ जुन २०२३ मा सार्वजनिक गरीएको थीयो।नयन शर्माद्वारा शब्द रचना
गरीएको यस गीतमा गायक ईश्वर सिंह र गायिका अनु विश्वकर्माले स्वर दिनुभएको छ भने
यस गीतमा सरोज प्रजा राणा र झरना क्षेत्रीले अभिनय गरेका छन्।आजभन्दा ९ महिना अघि
सार्वजनिक गरीएको यस गीतमा २ लाख ३१ हजार ४० भ्युज आएको छ।
बन्धकिः
यस वर्षको अर्को चर्चित गीतिसङ्ग्रह
बन्धकि २०२३ मे १ मा सार्वजनिक गरीएको थियो।निश्चल दवाडिको शब्द रचनामा रहेको यस
गीतमा निश्चल दवाडि र दिपिका वयम्बु मगरको
स्वर रहेको छ।आज भन्दा १० महिना अघि सार्वजनिक गरीएको यस गीतमा निश्चल दवाडि
दिपिका वयम्बु मगर र बाबु कृष्ण परियारको अभिनय रहेको छ।यस गीतमा हालसमम १९ लाख ३३
हजार ४ सय २७ भ्युज आएको छ।
बर सुकेकोः
चर्चित गीत बर सुकेको २०२३ १२ मे मा
सार्वजनिक गरीएको गीत हो।नवराज पन्तको शब्द रचनामा रहेको यस गीतलाइ गायक बसन्त
थापा र गायिका निर्मला मगरले स्वर दिनुभएको छ भने बद्री प्रसाद तिवारी र सन्चिता
बोलखेको अभिनय रहेको छ।१० महिना अघि सार्वजनिक गरीएको यस गीतमा ८ लाख ४६ हजार ३ सय
१ भ्युज आएको छ।
डाडैको टुनीः
चर्चित गीत डाडैको टुनी २०२३ ,२०
अप्रिलमा सार्वजनिक गरीएको गीत हो।अर्जुन सापकोटा र शान्तीश्री परियारको स्वरमा
रहेको यस गीतमा शिव हमालको शब्द रचना रहेको छ भने अर्जुन सापकोटा, दिब्या न्यौपाने, बादल घिमिरे र क्रिस्टल सापकोटाको अभिनय रहेको छ।१० महिना अघि सार्वजनिक गरीएको यस
गीतमा ७६ लाख ५३ हजार ३ सय ३३ भ्युज आएको छ।
सिरको फुल झर्न दिन्न मः
चर्चित गीत सिरको फुल
झर्न दिन्न म २०२३ २९ मे मा सार्वजनिक गरीएको गीत हो। गायिका सुनिता बुढाक्षेत्री
र गायक अमृत कुमारको स्वरमा रहेको यस गीतको शब्द रचना प्रतिमा पोखरेलको रहेको छ
भने लोमस सर्मा र सङ्गीता खतीको अभिनय रहेको छ।यस गीतमा भीमराज परियारले सङ्गीत दिएका
छन्।१० महिना अघि मात्र सार्वजनिक भएको यस गीतमा ३ लाख ६२ हजार ९ सय ४६ भ्युज आएको छ।
बस्यो दिलः
सुभारम्भ डिजिटल म्युजिकको चर्चित गीत बस्यो दिल २०२३, १२मे मा
सार्वजनिक गरीएको गीत हो। खेम सेन्चुरी र रचना रिमालको स्वरमा रहेको यस गीतको शब्द
रचना नेत्र अर्यालले गर्नुभएको छ ।प्रकाश भट्टको निर्देशनमा तयार पारीएको यस म्युजिक भिडियोमा खेम सेन्चुरी र अन्जली अधिकारीको अभिनय रहेको
छ।१० महिना अघि मात्र सार्वजनिक गरीएको यस गीतमा हाल १२ लाख ६७ हजार ७ सय ८५ भ्युज
आएको छ।
जाम सानु पोखराः
प्रनील गुरुङको शब्द रचनामा रहेको
गीत जाम सानु पोखरा २०२३ १७ मे मा सार्वजनिक गरीएको गीत हो।यस गीतमा गायक तिलक
बस्नेत र गायिका सुनिता बुढाक्षेत्रीले स्वर दिएका छन् भने क्रीस गुरुङ र लक्ष्मी
गुरुङको अभिनय रहेको छ।तिलक बस्नेतको
संगीतमा रहेको यस गीतमा हालसम्म २१ लाख ८४ हजार १३५ भ्युज आएको छ।
धुरु धुरुः
बोध नलेज ईन्टरटेन्मेन्ट प्रा ली ले बजारमा ल्याएको चर्चित गीत
धुरु धरु २०२३ जुन ४ मा सार्वजनिक गरीएको
थियो। बिमला हुमगाइ (बोध श्री) को शब्द रचनामा रहेको यस
गीतमा सुप्रिम मल्ल ठकुरीले स्वर दिएका छन् भने डि आर सुजनको संगीत रहेको
छ।सुप्रिम मल्ल ठकुरी, बिधान मैनाली, सागर र बोध श्रीको अभिनय रहेको यस गीतमा ३ लाख ७४ हजार ६ सय ८ भ्युज आएको छ।
प्रतिक्रिया