मनोरन्जन

यस वर्ष विभिन्न विद्यामा चर्चामा आएका १० महिलाहरु

यस वर्ष विभिन्न विद्यामा चर्चामा आएका १० महिलाहरु

यस वर्ष विभिन्न विद्यामा चर्चामा आएका १० महिलाहरु

मोहनमाया ढकालः


मोहनमाया ढकाल विरेन्द्रनगर नगरपालिकाको मेयर हुन्।उनको जन्म २०३६ साल चैत्र ७ गते विरेन्द्रनगर १६ गर्पन मेहेलीमा भएको थियो।उनले २०५६ मा विरेन्द्रनगरकै शिक्षा कयाम्पसबाट अनेरा स्वबियु प्रारम्भिक कमिटी हुदै राजनितिको यात्रा सुरु गरेकि थिइन्।२०६० देखि २०६२ सम्म विध्यार्थी राजनितिमै सक्रिय रहेकि ढकाल २०६२ मा पाटी राजनितिमा प्रवेश गरेकि थिइन्।उनी मेयर बनेर अरु विकाशका साथसाथै सामाजिक विकाशलाइ परीवर्तन गर्न जोड दिइरहेकि छिन्।सामाजिक विकाशमा आउनको लागी महिला नेतृत्वमा आउन आवश्यक हुने उनको भनाइ छ।उनले राजनिति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेकि छिन्।पाँच वर्षे कार्यकाल विवादरहित संचालन गरेकि ढकालले एमाले र काङ्ग्रेशको प्रतिस्पर्धी वातावरणमा एमालेको पुरानो विरासतलाइ फर्काएको मान्यता छ।

अनुराधाः


मुगल सम्राट बाबरको डेढ सय पृष्ठ लामो चित्रकथा लेखेकि अनुराधाले सो कथामा ८ देखि १२ वर्षका बालबालिकालाइ लक्षित गरीएको छ।जुन पुस्तक अंग्रेजी, फ्रेन्च, उज्वेक, रसियन, जर्मन, चिनिया लगायतका भाषाहरुमा अनुवाद गरीएको छ।“द गार्डियन”वेलायतबाट छापिने विश्वको महत्वपुर्ण अखबार जसले अनुराधाको  “स्टोरी अफ बाबर’’ पुस्तकलाइ २०२२ को नोटेबल चिल्ड्रेन एण्ड टिन्स बुक्स सुचिमा राखेको छ।नेपालकि सिध्धहस्ती कलाकार माया ठकुरी जो अनुराधाकि आमा हुन् र उनले अनुराधालाइ साहित्यमा रहन बानी पारेकि हुन्।उनले लेखेको बाबर सम्बन्धि कथानक पुस्तकले पाएको चर्चाका कारण पछिल्लो समयमा विश्वका अरु प्रकासनले पनि उनलाइ खोजी गर्न थालेका छन्।आफुलाइ बाल साहसत्यमा समर्पित गरेकि अनुराधाले पध्मकन्या क्याम्पसमा अङ्ग्रेजी साहित्यको स्नातकोत्तर अनि बेलायतमा उच्च शिक्षा सकेर नेपाल फर्किएकि हुन्।उनले यो पुस्तक लेख्नुअघि थुप्रै बाकथाहरु लेखिसकेकि थिइन्।लेखन र अनुवाद सम्बन्धि विभागमा प्रज्ञा प्रतिष्ठानले सदस्य बनाएको अनुराधाको बालसाहित्यमा अनुवाद र योगदान ठुलो रहेको छ।उनले लेखेको धेरै किताबहरु विदेशमा स्कुलहरुमा पढाइहुने गर्दछ। ती हुन् द ल्यान्ड अक्रोश द ब्रीज , हापु र बेलुन आदी

शिलशिला आचार्यः


वातावरणविद् शिलशिला आचार्य हिमालयन क्लाइमेट इनिसियटिभको प्रमुख कार्यकारीको रुपमा कार्यरत छिन्।उनी बाग्लुङ नगरपालिका वडा न. १ मा जन्मिएकी हुन्।बुवा राजेन्द्र र आमा इन्दु आचार्यकि जेठि छोरी शिलशिला आचार्यले सन् २०११ मा नर्वेको युनिभरसिटि अफ बर्गनबाट जैविक विविधता र वातावरण ब्यबस्थापनमा स्नातकोत्तर सकेर नेपाल फर्किएकी हुन्।छात्रवृत्तिमा डक्टर पढ्ने अवसर छोडेर वातावरण पढ्ने निर्णय गरेकि शिलशिला आचार्यले चार वर्ष भुमिगत भएर सबै जोड पढ्नमा लगाइन् त्यसका साथै  काठ्माण्डौ विश्वविध्यालयबाट २५ प्रतिशत छात्रवृति पनि पाइन्।विश्वविध्यालयकै सेकेन्ड टपर बनेर उनले राष्ट्रपतिबाट छात्रा तर्फ विध्या पदक पनि पाइन्।यसरी आफ्नो मेहनत र परिश्रमले वातावरणविद् बनेकि शिलशिलाले भक्तपुरमा ग्रीन हाइवे अभियान शुरु गरेकि थिइन्।

डा.शोभा पौडेलः


डा. शोभा पौडेल जलवायु पिरिवर्तन र खाध्य सुरक्षा क्षेत्रमा चिनिएको नाम हो । कृषि अर्थतन्त्र सम्बन्धी अध्ययन र अनुसन्धान गर्ने शोभा पौडेल पेशाले कृषि वैज्ञानिक हुन्।उनी सामान्य परीवारमा हुर्कि बढेकि थिइन् र धेरै पढ्ने उनको बच्चैदेखिको एक मात्र सपना थियो।महिला शिक्षालाइ लिएर सङ्कुचित विचारधारा भएको समाजमा रहेर पनि छोरीले पढ्नुपर्छ भन्ने विचार उनको परीवारमा थियो।त्यसैले उनले इन्द्रपुर गाउकै एक सरकारी स्कुलमा पढ्ने अवसर पाइन्।उनले परीवारको हौसलाकै कारण प्रगती गर्दै गइन् र कुनै पनि नेपाली सजिलै पुग्न नसक्ने स्थानमा आफुलाइ पूर्याइन्।उनले जापानबाट पि एच डि गरेकि छिन्।उनलाइ देशले नचिनेको तर विदेशले चिनेको डक्टर पनि भन्ने गरेका छन् इयुले प्रदान गर्ने फेलोसिप दुइ वर्ष लामो अवधिका लागी पाउनु उनको ठूलो उपलब्धी हो र एक नेपाली वैज्ञानिकले म्यारी क्युरी फेलोसिप पाउनु नेपालकै लागी गौरवको कुरा रहेको गर्वसाथ बताउछिन् डा . शोभा पौडेल।

दावा याङ्जुम शेर्पाः


दोलखाको अति विकट रोल्वालिङ गाउँकि दावा याङ्जुम शेर्पाले सगरमाथा चढ्नेहरुले भोज खुवाएको देखेर एक दिन सगरमाथा चढेरै छाड्ने दृढ सङकल्प लिइन् २२ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गर्न सफल भएकि दावाले चार पटक सम्म सगरमाथा चढेकि छिन् र पर्वतारोहणमा नै धेरै नै किर्तिमान राख्न सफल पनि भएकि छिन् तिब्बतको सिसापाङ्मा शिखरको आरोहण पश्चात ८ हजार मिटरभन्दा अग्लो सन्सारको १४ वटै हिमाल आरोहण गर्ने महिलाको  रुपमा उनको नया किर्तिमान पनि रहने छ।गाउँमा दैनिक पानी ल्याउने र दाउरा बोक्ने काममा ब्यस्त रहेकि दावाले आर्थिक अवस्था कमजोर भएकै कारणले आफ्नो पढाइलाइ निरन्तरता दिन सकिनन् रकक्षा ४ बाट नै पढाइलाइ बिट मारीन्।सगरमाथा चढ्ने सपना बोकेर काठ्माण्डौ आएकि दावाले अङ्ग्रेजी र फ्रेन्च भाषामा तालिम लिइन्।त्यसपछि २१  वर्षको उमेरमा उनी खुम्बु पुगिन् र अमेरिकि पर्वतारोहि कनर्याड एंकरले स्थापना गरेको स्कुलमा पर्वतारोहण तालिम लिइन्।उनी शारीरिक हिसाबले बलियो भएका कारण एक्सपिडिसनमा काम गर्ने मौका कनर्याड एंकरद्वारा दावाले पाइन्।पहिलो पटक सगरमाथा चढ्न एंकरले गरेको सहयोग दावाको ठूलो उपलब्धी थियो।एंकरको पर्वतारोहि दलमा मेहनत गरेर काम गरेर केहि पारिश्रमिक पाएकाले दावामा थप उत्साह जाग्यो त्यसपछि माउन्टेन गाइड बन्ने योजनामा लागेकि दावा आज इन्टरनेसनल फेडरेसन अफ माउन्टेन गाइड्स एसाेसिएसन्स’ (आईएफएमजीए) को इन्टरनेसनल माउन्टेन गाइडको प्रमाणपत्र पाउने  एसियाकै पहिलो महिला पनि हुन्। संसारभरिमा भएका १०० गाइडमध्ये उनी पनि एक हुन् ।आज उनी जति सफल  छिन् त्यो सामान्य मानिसले चिताउने कुरा पनि होइन अहिले उनी आरोहिको रुपमा भन्दा बढी नर्थफेस र रोलेक्सको ब्रान्ड एम्बासडरको रुपमा चिनिन्छिन्।

लक्ष्मी घिमिरेः


ह्विलचेयरबाट जीवनयात्रा गुडाइरहेकि लक्ष्मि घिमिरे आज प्रदेश सभा संसदमा पुग्न सफल छिन्।१६  वर्षको उमेरमा घाँस काट्ने क्रममा भिरबाट लडेकाले उनको मेरुदण्डको स्पाइनल नशा च्यापिएकोले शरीरको कम्मर मुनीको भाग नचल्ने भयो र त्यसपछि उनले आफ्नो जीवन ह्विलचेयरमा बिसाइन्।पढाइ संगसंगै खेलकुदमा सक्रिय रहेकि लक्ष्मिले काठ्ममाडौको चामुडा मा वि मा ११ कक्षा भर्ना भएर आफ्नो पढाइ सुचारु गरीन् लक्ष्मिका बुवा शेषनाथ अवकाषप्राप्त शैनिक थिए भने आमा सितादेवी गृहिणि हुनुहुन्थ्यो।आफ्ना बुवा आमाले आफ्नो भविष्य राम्रो बनाउन धैरै मेहनत गरेकाले उनले पनि ध्यान दिएर पढेकि थिइन् ।उनी अहिले पनि पध्मकन्या क्याम्पसमा राजनितिशास्त्र गरिरहेकि छिन्।देशका लागि केहि गर्छु भनी अठोट लिएकि लक्ष्मि अध्ययन सकेर राजनितिमा पुर्णरुपमा सक्रिय हुने खुलासा गर्दछिन्।आफ्नो खुट्टा नचले पनि केहि गर्छु भन्ने अठोट बोकेकि लक्ष्मि सांसद मात्र नभई एक सफल खेलाडि पनि हुन्।उनी राष्ट्रिय ह्विलचेयर बास्केटबलको कप्तान पनि हुन्।अपाङ्ग ब्यक्तिहरुलाइ राजनितिले उपेक्षा गरेको प्रति चित्त दुखाएकी लक्ष्मि उनीहरुको अधिकारको क्षेत्रमा सक्रिय भएर दक्षिण कोरियामा आयोजित अपाङ्गता भएका ब्यक्तिहरुको सम्बन्धि माहासन्धिमा नेपालको प्रतिनिधित्व पनि गरेकि थिइन्।

सोनिका मानन्धरः


अमेरीकामा उच्च पदमा काम गर्दै नाम र दाम दुवै कमाइरहेकि सोनिका एक नेपाली उ रुपमा चर्चित छिन् ग्रासरुटमा वित्तिय पहुच बढाउने काम गरीरहेकि सोनिकाको कम्पनिले अहिलेसम्म झन्डै २००० नव उद्यमिहरुसंग काम गरिरहेको छ।कम्प्युटर सफ्टवेयर सम्बन्धि तालिम दिने सोनिका दिनहु अमेरीकाको प्रतिष्ठित कम्पनिको सफ्टवेयर बनाउन ब्यस्त हुन्थिन्।अमेरीकाको सुचना प्रविधिमा राम्रो पदमा काम गर्ने सोनिका २०१९ मा नेपाल फर्किएर लघुउध्धमी र महिलाका लागि काम गर्न थालिन्।काठ्माण्डौमा मध्यम वर्गिय परीवारमा जन्मिएकि सोनिकाको बुवाको गार्मेन्ट उध्धोग नचली बन्द भएपछि उनीहरुको आर्थिक अवस्था झन् खस्किदै गयो र उनको बुवा टेम्पो चलाउन थाले टेम्पो बेचेर माइक्रो किन्न ऋण लिनुपर्दाको दूख बाल्यकालमा नै देखेकाले उनले नवउध्धमीलाइ वित्तिय पहुँच मार्फत ऋण उपलब्ध गराउन उनले एलोइ संस्थाको जन्म गराइन्।टेम्पो चलाउन सिक्ने महिलाहरुको लागी सोनिकाले बनाएको डिजिटल टोकनले सहज भएको छ।डिजिटल लोन अर्थात विधुतिय माध्यमबाट लोन लिने सफ्टवेयर बनाएकि सोनिका कुनै पनि लघु उध्धमी महिलाहरु ऋण सापटी लिदा जालझेलमा नपरुन भन्ने चाहन्छिन्।यसरी सोनिकाले अहिलेसम्म ४०० उध्धमी वाणिज्य बैंक, सहकारी र वित्तिय संस्था गरी ४० र २०० विक्रेतासंग जोडिएर एलोइमा काम गरीरहेकि छिन्।उनले साना ब्यबसायी र लघु उध्धमीका लागी केहि गरौ भन्ने उध्येश्यले यो डिजिटल वित्तिय साक्षारता अभियानमा लागेर र आज त्यसैले उनलाइ यो ठाउँमा ल्याएको सोनिको भनाइ छ।

साबित्रा भण्डारी साम्बाः


एक चर्चित फुटबल खेलाडि साबित्रा भण्डारी साम्बा अन्तराष्ट्रिय फुटबलमा नेपालका लागी ५० गोल पुर्याउने एक मात्र महिला हुन्।साउदी अरेबियामा सम्पन्न वाफ वुमन्स च्याम्पियनसिपमा उनले ५० गोल गरी नया किर्तिमान राखेकि हुन् साम्बाले ५०गोलको किर्तिमान पुरा गरेको हेर्न पाउदा नेपाली महिला टिमको लागि पहिलो गोल गर्ने इतिहास बनाएकि पेमा डोल्मा लामाले गर्वान्वित महसुस गरीन्।नेपाली फुटबललाइ दक्षिण एसियाबाट बाहिर पुर्याएर चिनाउने काम गरेकि साबित्राले हासिल गरेको उपलब्धिकै कारण आज उनलाइ संसारले चिन्दछन्।उनले नेपाली लीगमा मात्र नभएर भारतीय लीगमा समेत सर्बाधिक गोल गरेर किर्तिमानहरु बनाएकि छिन्।आफनो एजैन्टबाट फ्रेन्च लिगबाट पनि प्रस्ताब आएको छ भन्ने थाहा पाएपछि उनले अरु ट्रेनिङहरु लिनुका साथै आफुलाई फिट राख्न थालेकि छिन्।सानै देखि केटाको गेटअपमा हिड्ने साम्बालाई समाजले नराम्रो दृश्टिले हेर्ने गर्दथे तर ति सबैको प्रवाह नगरी उनी अघि बढीरहिन् र उनीसंग खेल्ने अग्रजहरुले पनि समाजको नकमरात्मक सोचाइलाइ चिरेर अगाडि बढ्ने प्रेरणा दिइरहनुभयो।लम्जुङको सिम्पानीमा जन्मि हुर्केकि साबित्रा स्कुल पढ्दै गर्दा फुटबलसंगै अरु पनि खेल खेल्ने गर्दथिन् ।२०७० सालमा घले गाउँमा भएको फुटबल प्रतियोगिताले यनको करीयर नै मोडियो र फुटबलमा लाग्न मार्ग निर्देशन गर्ने र आफुलाइ यो स्थानमा पुर्याउने श्रेय उनी रेफ्रि शुक्र तामाङ ज्युलाइ दिन्छिन्।ब्यक्तिगत सफलतालाइ देशको सफलतासंग जोड्ने चाहाना भएकि साबित्राको मनमा नेपालको लागी साफ च्यामपियनसंगै अन्य उपाधिहरु धोको रहेको बताउछिन्।

मिरुना मगरः


आफु हुनुको अर्थ घरेलु फिल्ममा खोजीरहेकि मिरुना मगर हङकङमा जन्मि बेलायतमा हुर्केकि हुन् र अहिले उनी नेपालको चर्चित नायिका बन्न पुगेकि छिन्।जारी कबड्डि४ नाङ्गो गाउँ जस्ता सिनेमामा उनले गरेको अभिनय उल्लेख्य थियो ।उनले लालपुर्जाबाट फिल्मको डेब्यु गरेकि थिइन् तर लालपुर्जा, साइनो, रोज आदी फिल्मबाट सफलता हासिल गर्न सकेन तर जब कबड्डि४ रिलिज भयो त्यसपछि उनी एकाएक चर्चामा आइन् ।मिहेनती, लगनशील, निष्ठावान् नायिका मिरुना मगरभित्र निर्देशकहरु समेत उज्यालो भविष्य देख्दछन्।मिरुनाको अध्ययन हुर्काइ बढाइ बिदेशमा भयो हङकङमा जन्मिएकि उनी १२ वर्षमा बेलायत पुगिन् र स्नातक अध्ययनपछि नेपाल आइन् र अभिनय गर्दा गर्दै मास्टर पनि गरीन्।नेपाल आएर जति पनि मान्छेलाइ भेटीन् र जति पनि कुरा सिकिन् आफ्नो जीवनको ठुलो उपलब्धि नै त्यहि ठान्छिन् मिरुना ।उनको आमा शशि थापा सुब्बा धरानको नाट्यकर्मि भएकोले घरको माहोलले उनलाइ अभिनयमा आउन प्रेरित गरेको पाइन्छ।मिरुना अहिलेको फिल्मि  पात्रको रुपमा नेपाली महिलाहरुको जीवन बुझि त्यसबाट केहि ज्ञान लिएर उनीहरुको अवस्थाबारे फिल्म बनाउन चाहन्छिन्।सफलता गन्तब्य भन्दा पनि यात्रा मान्ने नायिका मिरुना नयाँ प्रोजेक्ट र जनारामा काम गर्न पाउनु नै उनको लागी सफलता हो भन्ने महसुस गर्दछिन्।

नीरकला शर्माः


९१ वर्षको उमेरमा पनि अरुको सेवामा आफ्नो दिनचर्या बिताइरहनुभएकि निरकला शर्मा अझै पनि फुर्तिलो र स्वस्थ देखिनुहुन्छ ।उहाले स्थापना गर्नुभएको असहाय वृद्द कल्याण समाज पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवन रत्ननगर टाँडी चोकबाट करीब पाँच किलोमिटर उत्तर तर्फ छ।अरुको सेवा लिने उमेर भइसक्दा पनि आफै वृद्दहरुको साहारा बन्नुभएकि निरकलालाइ चितवनको मदर टेरेसा पनि भन्ने गर्दछन्।२० जाना सम्म राख्न सक्ने क्षमता भएको आश्रममा २ सेवक र एक कर्मचारी काम गर्दछन् र उहा पनि १२ वर्ष देखि त्यहि बस्दै आइरहनुभएको छ।जति पनि सहयोगी मनहरुले सहयोग गरेको रुपैया छ त्यहि पैसाले वृद्द वृद्दाहरुको पालनपोषण र उपचार खर्च टर्दै आएको नीरकला बताउनुहुन्छ।आफ्नो जीवनको कष्ठकर भोगाइकै कारणले जीन्दगीमा अरुको साथ र सहयोग चाहिने रहेछ भन्ने अनुभुतिले उनले वृद्द वृद्दाहरुलाइ आश्रय दिइरहेको कुरा बताउनुहुन्छ।१० वर्षकै उमेरमा बोनम्यारो सम्बन्धी रोगबाट पिडित नीरकलाको दुवै खुट्टाको भर रहेन यस्तै अवस्थामा उहाले बाँकि ८० वर्ष बिताउनुभयो।उहा वृद्दाश्रम संचालक  मात्र नभइ मावी शिक्षिका पनि हुनुहुन्थ्यो।उहाले वैशाखीको भरमा उच्चशिक्षा हासिल गरि चितवनको नेपाल मावी मा पढाउने पनि गर्नुहुन्थ्यो।नीरकला विध्यार्थी हुँदा देखि नै समाजसेवामा आकर्षित हुनुहुन्थ्यो । अशक्त माग्ने जो कोहिलाइ पनि सहयोग गर्नुहुन्थ्यो।२०२० सालमा आमा गुमाउनुभएको नीरकलाले आमाको नाममा ट्रस्ट स्थापना गरि गरिब बिपन्न बालबालिका र अपाङगलाइ सहयोग गर्दै आउनुभएको छ।उहा समाजको हुनेखाने र सक्नेले अशक्त र अशहायलाइ सहयोग गर्नुपर्ने बताउनुहुन्छ।

img
लेखकको बारेमा

Bodha Online

प्रतिक्रिया

इमेल ठेगाना गोप्य राखिनेछ । * चिन्हले अनिवार्य राख्नुपर्ने विवरण जनाउछ ।