मनोरन्जन
बहु विवाह गर्ने नेपालका १० कलाकारहरु
बहु विवाह गर्ने नेपालका १० कलाकारहरु
- Bodha Online
- 11 months ago
- 0 Comments

निखिल उप्रेतिः
नेपाली सिनेमा क्षेत्रका चर्चित
कलाकार निखिल उप्रेतीको जन्म सन् १९७४ अगस्ट १०मा सर्लाहिमा भएको थियो।उनले आफ्नो
पढाइ विरगञ्ज र काठमाण्डौमा पुरा गरे उनले अभिनयमा डिप्लोमा पनि गरेका थिए।उनी
अहिले पनि सिनेमा क्षेत्रमा सक्रिय देखिन्छन्।उन्को पछि सार्वजनिक भएको सिनेमा
राधेले पनि मिलियन प्लस भ्युज लिइसकेको छ।अब कुरा गरौ उनको पारीवारिक जीवनको। सर्लाहिमा
जन्मेका निखिलले सन् २००२ मा कोपिला उप्रेतिसंग विवाह गरेका थिए।उनीहरु दुइ जनाबाट
छोरा पनि जन्मिएको थियो तर सिनमा क्षत्रमा लाग्दा लाग्दै निखिल उप्रेतिले आफ्नो
पहिलो श्रीमतीलाई डभोर्स नदिइ नायिका। संचिता लुइटेलसंग दोस्रो विजाह गरे र
मुम्बइतिर गए ।त्यसै गरी निखिल र संचिताबाट पनि दुई सन्तान जन्मिए।अहिले निखिल
उप्रेतीको स परीवार संगै बस्दै आएका छन्।
कृष्ण मल्लः
कृष्ण मल्लको वास्तविक पुरा नाम हो
कृष्ण कुमार मल्ल हो भने उनको नीक नाम हो कृष्ण मल्ल उनलाइ लेखक अभियन्ता निर्देशक
र प्रोडुस।को रुपमा पनि चिन्न सकिन्छ।कलाकारहरुको पारीवारीक सम्बन्धको बारेमा
चर्चा चल्नु स्वभाविक नै हो।उनीहरुको सम्बन्धको केहि न केहि नया चर्चा चलिरहेकै हुन्छ
त्यसै गरी कृष्ण मल्लले पनि चार विवाह गरे
र कान्छी श्रीमतीको नाम हो सर्मीला मल्ल हो।
भुवन केसीः
नेपाली सिनेमा क्षेत्रका चर्चित
कलाकार भुवन केसीको जन्म सन् १९५७ १७ सेप्टेम्बरमा भएको हो।हाल उनलाइ अभियन्ता
निर्देशक र प्रोडुसरको रुपमा चिन्न सकिन्छ।उनले नेपाली सिनेमा जुनीबाट फिल्मको
डेब्यु गरेका थिए।अअब कुरा गरौ उनको पारिवारीक सम्बन्धको ।उनको जीवनमा पनि दुईवटा
विवाह गरे उनको पहिलो पत्निको नाम विजया मल्ल थियो भने दोस्रो पत्निको नाम
सुस्मिता बमजन हो।तर अहिले उनको दुवै पत्नीसंग सम्बन्ध विच्छेद भएको छ।तर उनको तीन
सन्तान रहेका छन् ती हुन् अनमोल केसी विवेक केसि र काजल केसी ।
शिव श्रेष्ठः
नेपाली सिनेमा क्षेत्रका चर्चित
नायक शिव श्रेष्ठ १९७० देखि नै फिल्मि क्षेत्रमा सक्रिय छन्।उनको जन्म १९५४ मा
विराटनगरमा भएको थीयो।उनले २०० भन्दा बढी सिनेमाहरुमा अभिनय गरेका छन्।उनको
वैवाहिक जीवनको चर्चा गर्नुपर्दा, शिव श्रेष्ठले तीन विवाह गरेका छन् उनको कान्छि
श्रीमतीको नाम हो सिर्जना श्रेष्ठ।उनलाइ फिल्मि क्षेत्रमा नायक र प्रोडुसरको रुपमा
पनि चिन्न सकिन्थ्यो।
हरीवंश आचार्यः
हरीवंश आचार्य एक नायक हास्य
ब्यङ्ग्य कलाकार निर्देशक गायक का साथसाथै लेखक पनि हुन्।उनको जन्म १९५८ नोभेम्बर
१३ मा काठ्माण्डौमा भएको थियो।दर्शकहरुले उनको हसाउने कलालाइ बढी मन् पराएका
कारणले उनी हास्य ब्यङ्ग्य कलाकारकै रुपमा बढी चर्चित छन्।हरिवंश आचार्य ६ वर्षको
हुदा उनको पिताको निधन भयो र सानो छदा नै उनको आमाको पनि मृत्यु भयो त्यसैले उनको
बाल्यकाल दुखमय बन्न गयो ।कलाकारीताको क्षेत्रमा हरिवंश आचार्यले सर्वप्रथम रेडियो
नेपालमा काम गरेर सुरुवात गरे रेडियो नेपाल मात्र नभइ राष्ट्रिय नाच घरमा पनि उनी सक्रिय
थिए र यसका साथै गाइजात्रा महोत्सवहरुमा पनि उनी सामेल हुने गर्दथे ।अव लागौ
हरीवंश आचार्यको वैवाहिक जीवन तर्फ सर्वप्रथम २०४० मा उनले मिरासंग विवाह गरे
हरिवंश आचार्य र मिरा आचार्यबाट २ सन्तान पनि जन्मिए।जेठो त्रीलोक र कान्छो मोहित
२०११ मा त्यसपछि २०११ मा जेठि श्रीमतीको निधन पछि उनले रमिला पाठकसंग विवाह गरे
यसरी हरिवंश आचार्यको पनि दुई विवाह भएको हो।
रेखा थापाः
नेपाली सिनेमा क्षेत्रमा एक चर्चित र
सफल नायिकाको रुपमा रेखा थापालाइ चिन्न सकिन्छ। उनको जन्म मोरङ जिल्ला सलकपुरमा
भएको थियो उनको सानैदेखिको कलाकार बन्ने धोको थियो ।त्यसैले उनी एस एल सी पछि
काठ्माण्डौ आइन्र र बिभिन्न गीतको मोडलिङमा भाग लिन थालिन्। उनी मिस नेपाल १९९९ को
टप १० फाइनालिस्ट पनि थिइन।यसरी नेपाली सिनेमा र कलाकारीताको क्षेत्रमा रेखा थापा सक्रिय बन्दै गइन्।उनलेल छबिराज
ओजाको फिल्म हिरोबाट फिल्मको डेब्यु गरेकि थिइन्।त्यसपछि उनले छबिराज ओजासङ्गै
विवाह पनि गरिन्। सन् २०१२ मा उनले छबिराज ओजासंग सम्बन्ध बिच्छेद गरीन् र२०२२ मा
बलराम शाहिसंग विवाह गरिन्।
प्रियङ्का कार्किः
प्रियङका कार्किको जन्म
काठमाण्डौमा भएको हो उनले २००५ मा मिस टिन नेपालको उपाधि जितेपछि आफ्नो पढाइलाइ
निरन्तरता दिन अमेरिका गएकि थिइन् अहिले उनलाइ नेपाली सिनेमा क्षेत्रमा एक चर्चित
र सफल नायिकाको रुपमा चिन्न सकिन्छ।उनी फिल्ममा अभिनय मात्र नभइ बिभिन्न गीतहरुमा
मोडलिङ पनि गर्दै आएकि छिन्।प्रियङका कार्किले २२ वर्षको उमेरमा न्युयोर्कको
ट्रायमा बस्ने रोचक मैनालीसंग विवाह गरेकि थिइन्। तर त्यो सम्बन्ध लामो समयसम्म
टिक्न सकेन र २ वर्ष पछि उनीहरुको सम्बन्ध बिच्छेद भयो।सम्बन्ध बिच्छेद भएको ५
वर्ष पछि उनले फेरी आयुषमान डिएस जोसिसंग विवाह गरिन् र २०२१ सेप्टेम्बरमा उनले
आफ्नो पहिलो बच्चा छोरीलाइ जन्म दिइन्।
सिम्पल खनालः
सिम्पल खनाल मनोरञ्जनको क्षेत्रमा
एक चर्चित अभिनेत्री हुन्।सुन्दर मुहार र सुरीलो स्वर सिम्पलको आकर्षणको पाटो हो
।नेपाली फिल्म माझि दाइ बाट उनले आफनो फिल्मको डेब्यु गरेकि थिइन्।उनले पनि
हालसम्म दुई विवाह गरीसकेकि छिन् काठ्माण्डौमा जन्मेकि सिम्पल खनालले पहिलो विवाह
डाइरेक्टर प्रसन्न पौडेलसंग गरेकि थिइन् भने दोस्रो विवाह uk को बासिन्दा
नदिम सेवारसंग गरीन्।दोस्रो विवाह पछि उनले एउटा छोरीलाइ पनि जन्म दिइसकिन्।अहिले
सिम्पल खनाल आफनो श्रीमानसंग uk मै बस्दै आएकि छिन्।
पुजा चन्दः
सुन्दर अभिनेत्री पुजा चन्द उनैले
खेलेको फिल्म मेरो जीवन साथी,वर पिपल बाट चर्चित थिइन्। पुजा चन्दको धेरै
जस्तो समय फिल्म अभिनयमा नै बित्यो ।फिल्ममा अभिनय गर्दा गर्दै यनले सुरज चन्दसंग
विवाह गरीन् र यनीहरुबाट एउटा छोरी पनि जन्माइन्।पछि पुजा चन्द र उनको छोरी सुरज
चन्दबाट अलग भएर पुजा र उनको छोरी अमेरीका बस्न थाले अमेरीकामा बस्दा बस्दै पुजा
चन्दको भेट “द
एन्जल ब्रान्डका गिटारीस्ट म्युजीसियन गायक राजु लामासंग भयो र २०११ देखि उनीहरु
संगै बस्न थाले ।संगै बसेको ३ वर्ष पछि उनीहरुले विवाह पनी गरे।
सारङगा श्रेष्ठः
सारङगा
श्रेष्ठ नेपाली सिनेमा क्षेत्रको एक सुन्दर नृत्य गर्ने कलाकारको रुपमा चिन्न
सकिन्छ उनले १९९६मा निर्माया फिल्मबाट फिल्मि क्षेत्रमा आफ्नो करीयरको सुरुवात
गरेकी थिइन्।यनले रितिरिवाज अनुसार पहिल्यै विवाह गरीसकेकि थिइन् तर त्यो सम्बन्ध
लामो समयसम्म टिक्न सकेन र उनीहरुको सम्बन्ध बिच्छेद भयो।त्यसपछि सारङ्गा श्रेष्ठ
अमेरीका बस्न थालीन् र अमेरीका बस्दा बस्दै उनले रमेश कार्किसंग कानुनी बिवाह
गरीन्।
प्रतिक्रिया