मनोरन्जन

आत्महत्या गर्ने नेपालका ५ कलाकारहरु

आत्महत्या गर्ने नेपालका ५ कलाकारहरु

आत्महत्या गर्ने नेपालका ५ कलाकारहरु

यम बुद्दः


यम बुद्द जो नेपालका चर्चित र्यापर थिए थोरै समयमा धेरै चर्चा कमाउन सफल यम बुद्द साथी गीतबाट सबै श्रोताहरुको प्रिय बन्न पुगे।१९८७ मे ३० मा मोरङको सलकपुरमा जन्मिएका यम बुद्दको बास्तबिक नाम अनिल अधिकारी हो।उनी केहि वर्ष सलकपुर बसे र त्यसपछि आफनो बाबा आमासंग काठमाण्डौ आए।उनले कक्षा ६ देखिको आफनो पढाइ काठमाण्डौ मा नै पुरा गरे।२०११ मा सार्वजनिक गरीएको साथि गीतबाट उनको साङगीतिक यात्रा सुरु भयो।यसै गीतबाट नै यम बुद्द सबै युवाहरुमाझ चर्चित बन्न पुगे।उनको चर्चित गीतहरु साथि, आमा, आउदै छु म, यो प्रसङ्ग, अन्त्यको सुरुवात आदी हो।नेपालका चर्चित र्यापर यम बुद्द २०१७ जनवरी १४ मा मृत फेला परे लन्डन बेस्ड अपार्टमेन्टमा उनी बाथरुमभित्र आफ्नै बेल्डले कसेर मरेको पाइयो।

कुल पोखरेलः


भनिन्छ नि राम्रो चिज लामो समयसम्म टिक्दैन यस सन्सारमा जो कोहि पनि सिमित अवधिको लागी मात्र आएका हुन्छन्।कोहि आत्महत्या गर्दछन्।कोहि दिर्घ रोघको सिकार बन्दछन् त कोहि अन्य कारणबाट यस सन्सारबाट बिदा हुन्छन्।त्यसै गरी आत्महत्या गर्ने मध्ये अर्का कलाकार हुन् कुल पोखरेल जो नेपाली पप साङ्गीतीक क्षेत्रका चर्चित गायक हुन्।उनको स्वरमा मान्छेको मन छुनेजादु थियो जसले उनलाइ आजसम्म जिवित तुल्याएको छ।उनको चर्चित गीतहरु सुन मेरी मायालु, बोलाउदा खेरी बोल्दिनौ, स्कुल, मृत्यु को क्षण, नेपालीको छोरो, म त तिमिलाइ नै, किन उदास बसेकि आदी हुन्।नवलपरासीमा जन्मिएका पप गायक कुल पोखरेलले आत्महत्या गरेका छन्।उनको निधन २००४ अक्टोवर ४ मा ओभर डोज ड्रग्सको कारणले भएको हो।

आलोक नेम्वाङः


आलोक नेम्वाङ एक एक चर्चित डाइरेक्टर हुन्।उनले नेपालि फिल्म सानो सन्सार निर्देशन गरेर फिल्म निर्देशनको डेब्यु गरेका थिए।उनलाइ यहि फिल्मले नै सफल निर्देशनको रुपमा पनि चिनायो त्यसपछि उनले कोहि मेरो भन्ने फिल्म पनि निर्देशन गरे यस फिल्ममा उनले लामो समयदेखि फिल्मि क्षेत्रमा हराएकि झर्ना बज्राचार्यलाइ उपस्थित गराएका थिए।उनी फिल्म अझै पनि निर्देशन गर्नुभन्दा ५ वर्ष देखि उनी फिल्म निर्देशनमा अनुपस्थित रहे।उनले निर्देशन गरेको अन्तिम फिल्म भनेको अझै पनि थियो।त्यसपछि उनले अचानक आत्महत्या गरी यस सन्सारबाट बिदा भए।उनको मृत शरीर आफनै घरको भर्याङमा झुन्डिएको अवस्थामा फेला परेको थियो। उनले दर्जनौ भन्दा बढी फिल्महरु र ४०० भन्दा बढी म्युनिक भिडियोहरु निर्देशन गरीसकेका छन्।

श्रीषा कार्किः


श्रीषा कार्कि नेपाली सिनेमा क्षेत्रकि एक चर्चित नायिका तथा मोडल हुन्।उनको जन्म १९७८ मा भएको थियो ।उनी सानै उमेरमा राम्रो सफलता हात पार्ने अभिनेत्रीमा पर्दथिन्।उनले अभिनय गरेको चलचित्रहरु सुखदुख, बाचाबन्धन, सोल्टिनी, आवारा आदी हुन्।उनी पनी आत्महत्या गर्ने कलाकारमध्ये पर्दछिन्।२०५९ सालमा आफनो नग्न तस्विर पत्रीकामा छापिएपछि मानसिक तनाब खप्न नसकि उनले आत्महत्या गरेकि हुन्।

जेसिका खड्काः


जेसिका खड्का नेपाली सिनेमा जगतकि एक सुन्दर नायिका तथा मोडल हुन्। उनी कलाकार बन्ने सपना सजाउन सुनसरी इटहरीबाट काठ्माण्डौ आएकि थिइन्। उनले गायक प्रकाश ओझाको गीत भत्काइदिन्छु बाख्राको खोर पनि को म्युजिक भिडियोबाट उनले मोडलीङको करीयरको सुरुवात गरेकि थिइन्। उनी ३ वर्षको हुदा आफ्नो आमा गुमाएकि थिइन् त्यसपछि बुबाले सौतेनी आमा ल्याए र उनी माइला काका काकिको रेखदेख मा हुर्केकि थिइन्।उनले २३ वर्षको उमेरमा आत्महत्याको बाटो रोज्नुपर्यो ।उनी प्रकाश ओझासंगको योनसम्बन्धको टेप काण्डमा फसेकि थिइन्।१६ वर्षको हुदा टेप प्रकरणमा फसेकि जेसिका खड्कालाइ आफ्नो परीवारबाट आत्मबल बलियो बनाउने ढाडस त मिलेकै थियो तर पनि मानसिक तनाब खेप्न नसकि उनले आत्महत्याको बाटो रोजिन्।   

img
लेखकको बारेमा

Bodha Online

प्रतिक्रिया

इमेल ठेगाना गोप्य राखिनेछ । * चिन्हले अनिवार्य राख्नुपर्ने विवरण जनाउछ ।