मनोरन्जन

अन्य ब्यबसायमा जमेका १० कलाकारहरु

अन्य ब्यबसायमा जमेका १० कलाकारहरु

अन्य ब्यबसायमा जमेका १० कलाकारहरु

नम्रता श्रेष्ठः


नायिका नम्रता श्रेष्ठ अहिलेकि चर्चित नायिका हुन्।चलचित्रमा अभिनय गर्ने अफर धेरै आए पनि नायिका नम्रता स्क्रिप्ट निर्देशक र पुरै टिम हेरेर मात्र चलचित्र खेल्ने निर्णय गर्ने नम्रता चलचित्रबाट राम्रो पारीश्रमिक पाए तापनि उनी अन्य ब्यबसाय पनि गर्दछिन्। उनी एक रेष्टुराँ ब्यबसायी हुन्।उनको एट्टिक रेष्टुराँ तथा बार छ।

ऋचा शर्माः


नेपाली चलचित्र उध्धोगको क्षेत्रमा आफनो भुमिका निभाउदै आइरहेकि ऋचा शर्मा पनि चलचित्र क्षेत्रका साथसाथै अन्य ब्यबसाय पनि गर्दछिन्।उनले पाङ्ग्रे नामक रेष्टुराँ सञ्चालन गरिरहेकि छिन्।अन्य ब्यसायमा जमेको भएता पनि उनले चलचित्र क्षेत्रबाट टाढिएकि भने छैनन्।

श्वेता खड्काः


सन् ७ जुलाई २०१४ मा, श्वेता खड्काले नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरिन् ।  एक महिना पछि १० अगस्त अर्थात् ४७ वर्षको उमेरमा निमोनिया र हड्डीको क्यान्सरका कारण श्रीकृष्ण श्रेष्ठको मृत्यु भएको थियो।  सन् ७ डिसेम्बर २०२० मा उनले विजयेन्द्र सिंहसँग विवाह गरेकि श्वेताले चलचित्र कहाँ भेटिएला बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकि हुन् । उनि पनि चलचित्र अभिनय साथसाथै अन्य ब्यबसायमा पनि जमेकि छिन्। नायिकासङ्गै निर्मात्री समेत रहेकि श्वेता हिमालय जाभा कफिसप सञ्चालन गर्दै आएकी छिन्।

वर्षा राउतः


वर्षा राउत एक नेपाली चलचित्र अभिनेत्री हुन्। उनको जन्म १४ डिसेम्बर १९९३ साल सिन्धुली, नेपालमा भएको हो। उनले नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा कदम राखेकी थिइन्। उनी नेपाली चलचित्र क्षेत्रमा छक्का पञ्जा चलचित्रबाट नयाँ स्टारका रूपमा छाएकि थिइन्। उनी नेपालकी लोकप्रिय अभिनेत्री मध्ये एक हुन् । वर्षा राउतले कलाकार तथा व्यवसायी संजोग कोइरालासँग विवाह गरेकी छिन्। झन्डै ५ वर्ष भन्दा लामो प्रेम सम्बन्ध पछि उनिहरूले २०१९ फेब्रुअरी १४ अथवा भ्यालेन्टाइन्स डेका दिन विवाह गरेका थिए । वर्षा राउत र सञ्जोग कोइरालाले सङ्युक्त रुपमा चिया अड्डा खोलेर बसेका छन्।

कृति भट्टराइः


चर्चित नायिका एवं सञ्चारकर्मी कृति भट्टराई बानेश्वर थापागाउँमा सञ्चालित कफीशालाकी सञ्चालिका हुन्। टेलिभिजनकी समाचार वाचिका र चलचित्रमा अभिनय पनि गरिरहेकी उनले व्यावसायिक पाइला अगाडि बढाउने क्रममा चार वर्षअघि कफीशाला सुरु गरेकी हुन् । कृतिले अर्ग्यानिक एसप्रेसो कफिसप खोलेकि छिन्। उनको अर्ग्यानिक एसप्रेसोमा कफि सङ्गै मम स्यान्डवीच तथा वेकरी आइटम पनि पाइन्छ। ‘विश्वास’, ‘उपहार’, ‘उनको सम्झनामा’ लगायतका पुग नपुग आधा दर्जन फिल्म अभिनय गरेकी भट्टराइले इन्जिनियर रोहितसँग केही समय देखिको प्रेमलाई बिवाहमा परिणत गरेकी हुन्

नारायण रायमाझिः


आफ्नो सुमधुर स्वरले दर्शकहरुको मन जित्न सफल नारायण रायमाझि गायन सङ्गै अन्य पेसामा पनि जमेका छन्। नारायण रायमाझी जन्म २५ अप्रिल १९६१ मा भएको थियो । उनि एक नेपाली संगीतकार, गीतकार, फिचर-फिल्म स्क्रिप्ट लेखक, फिल्म निर्देशक, र निर्माता हुन्। गायकका रूपमा निरन्तर उत्कृष्ट हुँदै आएका उनले नेपाली संगीत उद्योगको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । उनका १४ दर्जनभन्दा बढी लोकगीत, ६ दर्जनभन्दा बढी आधुनिक गीत, २ दर्जन सोप-ओपेरा गीत, ३ वटा सांगीतिक नाटक, २ वटा डकुमेन्ट्री लेखेका छन् भने दुई चलचित्र गोरखा पल्टन र परदेशी निर्देशन गरेका छन् । नारायण रायमाझि र गायिका राधिका हमाल मिलेर रेकर्डिङ् स्टुडियो सञ्चालन गरिरहेका छन्।यसरी स्टुडियो सञ्चालन गर्नेको सङ्ख्या निकै ठुलो छ।

सरोज खनालः


नायक सरोज खनाल कुनै समयका रोजाइका नायक रहेका थिए तर अहिले उनी चलचित्र अभिनय साथसाथै अन्य ब्यबसायमा पनि लागेका छन्।अहिले उनी नायक बाट चरित्र अभिनेतामा परीणत भएका छन्। उनले ह्याचरी उध्धोग खोलेर बसेका छन्। हरेक दिन उनी ललितपुरको एकान्तकुनामा गएर ह्याचरी ब्यबसायमा सक्रीय हुन्छन्।

गौरव पहारीः


कलाकारीता र ब्यबसाय दुवैलाइ सङगसङ्गै अगाडि बढाउने अर्का कलाकार हुन् नायक गौरव पहारी । उनले चलचित्रहरु होस्टेल, अधकट्टी मा आफ्नो अभिनय गरिसकेका छन् । उनलाई गायक हेमन्त रानाको गीत ‘साइँली’ले ठूलो लोकप्रियता दिलाएको थियो । यही गीतपछि ‘साइँला’को रुपमा उनको परिचय बनेको हो । गत मंसिर अन्तिममा उनी अभिनीत फिल्म ‘दुई कदम’ प्रदर्शन भएको थियो । उनी पनि एक रेष्टुराँ ब्यबसायि हुन्। 

सुनिता दुलालः



सुनिता दुलाल एक नेपाली लोक गायिका हुन् । उनको जन्म सिन्धुपाल्चोक जिल्लाको जलबिरेमा भएको थियो । विशेष गरी तीज गीतमा उनको आफ्नै पहिचान रहेको छ भने लोकविधाका पृथक गीत पनि आइरहेकै छन् । पछिल्लो समय मात्र उनले बाँसको कप्टेरो बोलको गीत ल्याएकी छन् । सांगीतिक यात्राकै क्रममा उनी विश्वका विभिन्न देशमा पुगेकी छिन् । उनी पनी गायन सङ्गसङ्गै अन्य ब्यबसाय गर्दै आइरहेकि छिन्। उनी केहि समय पहिला अनलाइन बिजनेश पनि गर्थिन्। सुनिताले डालो नामक फास्ट फुड रेष्टुराँ सञ्चालन गर्दै आएकि छिन्।

उत्तम केसीः


चरित्र अभिनेता उत्तम केसी सरकारी जागिरे हुन् ।उनी अहिले रिटायर्ड हुन्।त्यसै गरी कलाकार पूर्ण केसी पनि कलाकारीता सङ्गै सरकारि जागीरे थिए। सञ्चारकर्मि उनी रेडियो नेपालमा काम गर्छन्।

img
लेखकको बारेमा

Bodha Online

प्रतिक्रिया

इमेल ठेगाना गोप्य राखिनेछ । * चिन्हले अनिवार्य राख्नुपर्ने विवरण जनाउछ ।