जीवनी

विश्वको सर्वोच्च शिखर सगरमाथा प्रथम आरोहि तेन्जिङ् नोर्गे शेर्पा

विश्वको सर्वोच्च शिखर सगरमाथा प्रथम आरोहि तेन्जिङ् नोर्गे शेर्पा

विश्वको सर्वोच्च शिखर सगरमाथा प्रथम आरोहि  तेन्जिङ् नोर्गे शेर्पा

तेन्जिङ् नोर्गे शेर्पा

सगरमाथा शिखरमा पुग्ने पहिलो व्यक्ति तेन्जिङ नोर्गे शेर्पाको जन्म वि स १९७१ जेठ १६ गते सगरमाथा अञ्चल अन्तर्गत सोलुखुम्बु जिल्लाको खुम्बुमा भएको थियो।उनका आमाबुवा तिब्बतबाट आएका थिए तर आफु चाहि नेपालमै जन्मि हुर्केको उनले बताएका थिए।तेन्जसङ् नोर्गेको बाल्यकालको नाम नाम्ग्याल वाङ्दि रहेको छ।उनको बुवा घाङला मिङ्मा,जो एक चौरी गोठाला थिए त्यसै गरी उनको आमा डोक्मो किन्जोम हो र उनीहरु दुवै जाना तिब्बति थिए।

तेन्जिङ् नोर्गेलाइ उनको किशोरअवस्थामा भिक्षु बन्न तेङ्बोचे गुम्बामा पठाइएको थियो तर उनी किशोरावस्थामा दुई पटक घरबाट भागेका थिए।एक पटक भागेर काठमाण्डौ पुगेका थिए भने अर्को पटक भागेर भारतको दार्जलिङ पुगेका थिए।जुन पुर्वी हिमालय आरोहणको अधिकांश अभियानको सुरुवातको विन्दु थियो। वि स २०१० जेठ १६ गते विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गरेर फर्किएका तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको स्वागतार्थ काठ्माण्डौमा सम्मान कार्यक्रम राखिएको थियो।

सन् १९५३ जुलाइ १ मा भारत र नेपाल सरकारसंगको परामर्श पछि माहारानीले नोर्गेलाइ जर्ज पदक प्रदान गरेकि थिइन्।राजा त्रिभुवनले पनि उनको सम्मान स्वरुप सुप्रदिप्त मान्यवर जेपाल ताराद्वारा सम्मान गरेका थिए।

आफ्नो जीवनकालमा तीन पटक सम्म विवाह गरेका तेन्जिङ नोर्गेको पहिलो श्रीमतिको नाम दावा बुठ्रिद थियो। उनको दोस्रो श्रीमतिको नाम आङ् ल्हमो थियो र तेस्रो श्रीमतिको नाम दक्कु थियो उनको दस्रो श्रीमतिबाट कुनै पनि सनतान थिएनन् तर दुई श्रीमतिबाट नम्मा ७ सन्तान जन्मिएका थिए।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर देशको गौरव बढाएका तेन्जिङ नोर्गे शेर्पाको वि स २०४३वैशाख २६ गते ७१ वर्षको उमेरमा भारतको पश्चिम बङ्गालको दार्जलिङमा मस्तिस्क रक्तस्रावका कारण मृत्यु भएको थियो।  

img
लेखकको बारेमा

Bodha Online

प्रतिक्रिया

इमेल ठेगाना गोप्य राखिनेछ । * चिन्हले अनिवार्य राख्नुपर्ने विवरण जनाउछ ।