जीवनी

नेपालीहरु नेपाल छोडेर विदेश जानुको मुख्य कारणहरु

नेपालीहरु नेपाल छोडेर विदेश जानुको मुख्य कारणहरु

नेपालीहरु नेपाल छोडेर विदेश जानुको मुख्य कारणहरु

                          नेपालीहरुले नेपाल छोड्नुको मुख्य कारणहरु

बद्लिदो समय संगसंगै धेरै नेपालीहरु विदेश पलायन भइरहेका छन्।नेपाल आफैमा प्राकृतिक सामाजिक र सांस्कृतिक सम्पदाहरुले भरीपूर्ण देश हो तर पनि आज युवाहरु यहाभन्दा राम्रो जिन्दगिको खोजिमा विदेशिरहेका छन्।यसरी युवाहरु विदेशिदा देशलाइ कति घाटा हुन्छ भन्ने थाहा हुदा हुदै पनि सरकारबाट यस समस्याको कुनै समाधान हुन सकेको छैन।दिन दुगुना रात चौगुना गरेर नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु विदेशिन थालेका छन् आखिर किन र के कारणले नेपालका युवाहरु स्वदेशमा भन्दा विदेशमा  मन् लगाइरहेका छन् त आउनुहोस आज नेपालीहरु नेपाल छोडेर विदेश जानुको मुख्य कारणहरुको बारेमा चर्चा गरौ।

1.     अवसरको कमि: नेपाल विकाशोन्मुख देश हो तर पनि यहा रोजगार र शिक्षाको अवसर विकशित देशहरुको तुलनामा सिमित मात्रामा छ।त्यसैले धेरै नेपालीहरुको मस्तिस्कमा नेपालमा भन्दा विदेशमा नै भविष्य उज्जवल हुन्छ भन्ने छाप परेको छ।

2.     आर्थिक कारण: नेपाल विकाशोन्मुख देश भएकाले यहा गरीबि धेरै छ।धेरै पढेलेखेकाले पनि यहा राम्रो पारीश्रमिक लिने काम पाउन मुस्किल छ।त्यसैले आफुले काम गरेवापत धेरै पारीश्रमिक लिएर आफ्नो रआफ्नो परीवारको जीवन सुखमय बनाउन पनि नेपालीहरु विदेशिने गर्दछन्।

3.     सामाजिक भेदभाव: नेपाल बहुजाति बहुभाषि देश हो।यहा सानो जात र ठुलो जात भनेर भेदभाव र दमन गर्ने कार्य धेरै बढ्दो छ।त्यसैले कतिपय नेपालीहरु नेपालमा आफ्नो भविष्य नदेखि जातिय भेदभावबाट मुक्त हुन विदेशिने गर्दछन्।

4.     राजनितिक अस्थिरता: नेपालमा भएको राजनितिक अस्थिरताको कारणले पनि नेपालीहरु विदेशिन बाध्य भएका छन्।राजनितिक अस्थिरता हुदा दक्ष व्यक्तिहरुले यहा कामको अवसर नपाउने समस्या धेरै बढेको छ।शिक्षित र अनुभवयुक्त व्यक्ति भन्दा भ्रष्टाचारी र बठ्याइका कारणले जागिर पाउने भएकाले धेरै शिक्षित नेपालीहरु बाध्यताले विदेशिन पुगेका हुन् ।

5.     शिक्षा : नेपालमा उपलब्ध भएको शिक्षाले धेरै मानिसहरुको इच्छा आकाङ्छा  पुरा भएको पाइदैन धेरै नेपालीहरुको इच्छा यहा उपलब्ध भएको भन्दा माथिल्लो स्तरको शिक्षा लिने र त्यहि स्तरको रोजगारी र पारीश्रमिक लिने हुन्छ।त्यसैले राम्रो शिक्षा हासिल गर्ने बाहानाले पनि धेरै नेपाली युवाहरु विदेश पलायन भइरहेका छन्।

img
लेखकको बारेमा

Bodha Online

प्रतिक्रिया

इमेल ठेगाना गोप्य राखिनेछ । * चिन्हले अनिवार्य राख्नुपर्ने विवरण जनाउछ ।