जीवनी
दयाह्याङ राईको जीवनी
कसरी भए दयाह्याङ राई दर्शकमाझ लोकप्रिय
- Bodha Online
- 10 months ago
- 0 Comments

दयाह्याङ् राई
चलचित्र लुटबाट चर्चा कमाएर लोकप्रिय बनेका
दयाह्याङ् राईको जन्म २०३६ वैशाख १ गते भोजपुरको खावामा भएको थियो। उनको जन्म
भोजपुरमा भएको भए पनि हाल उनको बसाइ काठ्माण्डौमा नै रहेको छ।सन् २००२ बाट कलाकारीतामा
प्रवेश गरेका दयाह्याङ् राई अहिले एक चर्चित नायक, निर्देशक र नाटककार पनि रहेका
छन्।२००६ सालमा बेनुका राईसंग विवाह गरेका दयाह्याङ् राईको सन्तानको रुपमा दुई
छोरा रहेका छन्।उनले दील प्राथमिक विद्यालय,पशुपति मा वि हुँदै अन्नपूर्ण गाविसका अन्नपूर्ण
उच्च माध्यामिक विद्यालय भोजपुरबाट एसएलसि सम्म अध्ययन गरे एसएलसि पछि भोजपुर
बहुमुखि क्याम्पसमा आइए पढेक दयाह्याङ् राई भोजपुरबाट काठ्माण्डौ छिरेपछि उनी
कलाकारीताकै क्षेत्रमा अगाडि बढे। त्यसपछि उनले लुट,लोफर,झोले,कबड्डि लगायत २ दर्जन भन्दा बढी
नेपाली चलचित्र र १६ वटा नाटकमा अभिनय गर्नुका साथै ६ वटा नाटक निर्देशन पनि गरेका
छन्।अनुशासित स्वभाब र साधारण जीवन बिताउन चाहने दयाह्याङ राई सबै अनुशासित भैदिए
देशको मुहार फेरिन्थ्यो भन्ने चाहन्छन्।
अनागरीक फिल्मबाट डेब्यु गरेका दयाह्याङ् राई
कुनै तामझाम बिना सहजै पर्दामा देखिने र राम्रो अभिनय गर्ने भएकाले उनी सबै
दर्शकमाझ लोकप्रिय बन्न पुगे। जब चलचित्र क्षेत्रमा दयाह्याङ् राईले प्रवेश गरे
त्यसपछि दर्शकहरुको चलचित्रलाइ बुझने र हिरोहरुलाइ हेर्ने कोण नै परिवर्तन भयो।
नेपाली फिल्म भन्नासाथ खासै महत्व नदिनेहरु पनि आज दयाह्याङ् राइको फिल्म हेर्न
भनी हलसम्म पुग्ने गर्दछन्।अहिलेको समयमा फिल्ममेकर्सको मस्तिस्कमा पनि दयाह्याङ्
राई भएपछि फिल्म चल्छ भन्ने छाप बसिसकेको
छ।ओभर एयाक्टिङ् नगरी जस्तोसुकै डाइलग पनि साधारण तरिकाले बोल्ने उनको बानीले नै
आज उनलाइ यहासम्म ल्याइपुर्याएको हो।
प्रतिक्रिया