जीवनी
जीवा लामिछाने र उनले नेपाली लगायत विदेशीहरुमाझ पुर्याएको योगदान
जीवा लामिछाने र उनले नेपाली लगायत विदेशीहरुमाझ पुर्याएको योगदान
- Bodha Online
- 10 months ago
- 0 Comments

जीवा लामिछाने
गैर आवासिय नेपाली सङ्गठनको अन्तराष्ट्रिय समन्वय
परीषदका भूतपुर्व अध्यक्ष तथा वर्तमान संस्थापक सदस्य जीवा लामिछानेको जन्म सन्
१९६७ फेब्रुअरी १३ मा पदमपुर चितवनमा भएको थियो।पिता स्व खेमलाल लामिछाने र आमा
हरीकला लामिछानेको चौथो सन्तानका रुपमा जन्मिएका जीवा लामिछाने सानै देखि पढाइमा अब्बल
थिए।अध्ययनको कुरा गर्नु पर्दा उनले इन्जिनियर पढेका छन् तर पेशाले भने व्यवसायी
रहेका छन् र उनको रुचि साहित्यमा पनि रहेको छ।
उनी रुस नेपाल उद्योग वाणिज्य संघ र गैर आवासिय
नेपाली संघको संस्थापक सदस्य हुन्।नेपाली समुदायप्रति गरेको योगदानको फलस्वरुप उनलाइ
नेपाल सरकारबाट सन् २०१३ मा प्रवल जनसेवाश्री पदकबाट बिभुषित गरीएको थियो मध्यमवर्गिय
किसानको घरमा जन्म भएको जीवा लामिछानेको बाल्यकालको जीवन सामान्य रुपमा वितेको
थियो भने अध्ययनमा उनको राम्रो रुचि थियो।सन् १९९२ मा सिभिल इन्जिनियरीङमा
स्नातकोत्तर गरेका जिवा लामिछानेले सन् १९९६ मा डा विन्दिता पोखरेलसंग मस्को मै
विवाह गरे। उनीहरु दुई सन्तान सहित स परीवार जर्मनको फ्र्यान्कफार्ट सहरमा बस्छन्
भने काठ्माण्डौमा उनको परीवारको अन्य सदस्यहरु बस्ने गर्दछन्।
सन् १९९२ मा लामिछानेले ग्रोसरी खालको किराना पसल,मम क्याफे
हुँदै मस्कोमा इलेक्ट्रोनिक्स व्यवसाय सुरु गरे।त्यसै गरी उनको लगानी विदेशमा
मात्र नभइ नेपामा पनि थियो यनले सन् २००३ मा कान्तीपुर टेलीभिजनमा लगानी गरी
कान्तीपुर टेलिभिजनकै कार्यकारी निर्देशक पनि थिए।उनी एनआरएन इन्भेष्टमेन्ट
कम्पनिका अध्यक्ष हुन्।उनी २०१२ देखि जर्मनिमा पनि होटेल व्यवसायिको रुपमा रहेका छन्।जीवा
लामिछानेको व्यापार व्यवसायमा मात्र नभइ समाजसेवा र साहित्यमा पनि उत्तिकै योगदान
रहेको छ।आफ्नो बुवा आमाको सम्मानमा उनले खेमलाल हरीकला लामिछाने प्रतिष्ठानको
स्थापना पनि गरेका छन्।उक्त प्रतिष्ठानले साहित्यका क्षेत्रमा प्रत्येक वर्ष
पध्मश्री साहित्य पुरस्कार र पध्मश्री साधना सम्मान प्रदान गर्दछ।उनले आफनो
रचनाहरु कान्तिपुर दैनिक,हिमाल
पत्रिका,नागरीक
दैनिक,नेपाल
साप्ताहिक,अन्नपुर्ण
पोष्ट आदि पत्रिकामा प्रकाशित भएका छन्।उनको चर्चित “यात्रा संस्मरण
सर्सर्ति संसार” नेपा-लय प्रकाशन
गृहद्वारा वि स २०६३ मा प्रकाशित भएको छ।सन् २०१८ देखि उनी प्रधानमन्त्री केपी
ओलीको आर्थिक सल्लाहकार परीषद सदस्यका रुपमा रहेका थिए।
प्रतिक्रिया