जीवनी

जमुना गुरुङ
जमुना गुरुङ जो नेपालमा जन्मिएर अध्ययनका लागि सन् १९९१ मा अस्ट्रेलिया गएकि थिइन्। उनले स्विन बर्न युनिभर्सिटि अफ टेक्नोलोजीमा मार्केटिङ्र र म्यानेजमेन्टमा ब्याचलर अफ बिजनेसमा डिग्रि पुरा गरेकि छिन्।आफ्नो पति शेष घलेसंग मिलेर नेपाली मुलकि एक अस्ट्रेलियालि ब्यवसायी महिला जमुना गुरुङ्ले भिक्टोरीया अस्ट्रेलियामा रहेको मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी संस्था स्थापना गरी उनी त्यसैको कार्यकारी निर्देशक र कार्यकारी प्रबन्ध निर्देशक हुन् उनी मेलबर्नको व्यापार र सामुदायिक जीवनमा धेरै संलग्न छिन् र शिक्षाप्रति बलियो समर्पण छ। सन् २०१४ देखि उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को लागि आप्रवासन कल्याण कोष (MWF) कार्यदलको कार्यकारी सदस्य भइन्। एनआरएनए विदेशमा रहेका नेपालीहरु मिलेर बनेको स्वैच्छिक संस्था हो । यसमा 65 भन्दा बढी देशहरूमा सदस्यहरू छन्।
गुरुङ र उनका श्रीमान् घले, विश्वव्यापी नेपाली डायस्पोराका पहिलो अर्बपति र नेपाली मूलका मात्र दोस्रो अर्बपति थिए।गुरुङ र घले पहिलो पटक सन् २००९ मा BRW Rich 200 मा देखा परे र संयुक्त रूपमा पछिको धनी सूचीमा देखा परे। मे २०२३ सम्म, गुरुङ र घलेको नेट वर्थलाई द अस्ट्रेलियन फाइनान्सियल रिभ्युले २०२३ रिच लिस्टमा लगभग $900 मिलियनको रूपमा मूल्याङ्कन गरेको थियो।
प्रतिक्रिया