जीवनी
किर्तिमानी हिमाल आरोहि र उनको अभियान
किर्तिमानी हिमाल आरोहि र उनको अभियान
- Bodha Online
- 1 year ago
- 0 Comments

निर्मल पुर्जा
विश्वभरीका ८ हजार भन्दा माथि उचाइ भएका १४ वटै
हिमालहरुको सफल आरोहण गर्ने एक किर्तिमानि हिमाल आरोहि तथा बेलायति भूतपुर्व
गोर्खा सैनिक निर्मल पुर्जाको जन्म सन् १९८३ अन्नपुर्ण गाउँपालिका ३ दाना म्याग्दीमा
भएको थियो।उनले ७ महिना भन्दा कम अवधिमा (१८९दिनमा) ८ हजार भन्दा माथि उचाइ भएका १४ वटै हिमालहरुको
सफल आरोहण गरेका हुन् भने ४८ घण्टा भित्र सगरमाथा , ल्होत्से र मकालु शिखर आरोहण गरेका
थिए।दक्षिण कोरीयाका किम चाङ्- हो नामक एक व्यक्तिले यस अघि १४ वटै हिमालको
आरोहण ७ वर्ष १० महिना ६ दिन लगाएर राखेको किर्तिमान निर्मल पुर्जाले आधा वर्षमा र
एउटै ऋतुमा भङ्ग गरे।निर्मल पुर्जा १४ वटै हिमाल आरोहण गर्नेमध्ये गैरशेर्पालीमा
पहिलो हुन्।
सगरमाथाको आधार शिविर पुगेपछि अनायासै हिमाल
चढ्ने इच्छा जागेको निर्मल पुर्जाले यसअघि ब्रिटिस सेनामा १६ वर्ष र १० वर्ष युके
स्पेसल फोर्सेसमा बिताएका थिए।असम्भवलाइ सम्भव बनाउने र मानवको सिमिततालाइ अर्को तहमा
पुर्याउने लक्ष्य राखेका निर्मल पुर्जाले सम्भव छ भन्ने नाराका साथ ७ महिनाभित्र
सबैभन्दा ठुला १४ वटै हिमाल आरोहण गर्ने अभियान थालेका थिए।
तीव्र क्षच्छा शक्ति लिएर अगाडि बढेको मान्छेले
जस्तोसुकै असम्भव काम पनि गर्न सक्छ भन्ने बलियो उदाहरण बनेका छन् निर्मल पुर्जा।
प्रतिक्रिया